Logo

कोरोना भाइरसः संक्रमित छ लाख नजिक, मृतक संख्या २७ हजार कट्यो (देशहरुको सूचीसहित)



एजेन्सी, १५ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या छ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ९४ हजार ३ सय ७७ जना संक्रमित भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या २७ हजार २ सय ५० पुगेको छ । संक्रमित भएकामध्ये १ लाख ३३ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या छ । त्यसपछि दोस्रोमा इटाली छ । यसअघि चीनमा बढी संक्रमित संख्या भएकोमा बिहिबार साँझबाट चीनलाई अमेरिकाले उछिनेको हो भने शुक्रबार साँझ इटालीले पनि उछिन्यो ।

देश            संक्रमित
अमेरिका- १०२४६४

इटाली- ८६४९८
चीन- ८१३९४
स्पेन- ६५७१९
जर्मनी- ५०८७१

फ्रान्स- ३२९६४
इरान- ३२३३२
स्वीटजरल्यान्ड- १२९२८
बेलायत- १४५४३
दक्षिण कोरिया- ९३३२
नेदरल्यान्ड- ८६०३
स्रोत: वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्

Screenshot