Logo

विरामी भर्ना गर्न नमान्ने अस्पताल र मेडिकल कलेजमाथि कारबाही हुने



काठमाडौं, २० चैत्र । निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको मृत्यु भएको खबर सार्वजनिक भएपछि सरकारले कडा कारबाहीसम्मको नीति लिने भएको हो ।

कोरोना भाइरसको जोखिम भन्दै निजी अस्पताल र मेडिकल कलेजहरुले अहिले विरामी भर्ना र नियमित चेकजाँचमा आनाकानी गर्दै आएका छन् । उनीहरुले चिकित्सक नभएको बहाना गर्दै आएका छन् ।

कोरोना जोखिम भन्दै निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरु उपचारमा सहभागी हुन आनाकानी गरिरहेका छन् । कतिपयले राजीनामा दिएर घर बसेको भेटिएको छ ।

विशेषगरी काठमाडौं उपत्यकाका निजी अस्पतालहरुमा डाक्टरहरु घर बसेका छन् । संकटको घडीमा उपचार गर्नुपर्ने अवस्थामा डाक्टरहरु लुक्न थालेपछि चिकित्सकहरुप्रति नकारात्मक धारणा बन्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot