Logo

अमेरिकी अर्थव्यवस्था संकटमा, ट्रम्पद्धारा २० खर्ब इन्फ्रास्टक्चर फण्डको प्रस्ताव



एजेन्सी २१ चैत । कोरोनाको प्रभाव विश्वमै परेको छ । अमेरिका लगायत सम्पूर्ण देशहरुको अर्थ व्यवस्था संकटमा रहेको छ । संक्रमणमा रोक लगाउन राष्ट्रहरुले लकडाउन गरेको छ l अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहिदिन अगाडीसम्म कोरोनाको मजाक उडाइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड–१९ ले होश नै उडाइदिएको छ । अहिले विश्वमा सबैभन्दा धेरै अमेरिकी नगरिकहरु संक्रमित भइरहेका छन्।

यसैलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीकाबीच अर्थव्यवस्थामा परिरहेको नकारात्मक असरको सामना गर्नका लागि २० खर्ब डलरको ठूलो इन्फ्रास्टक्चर फण्डको प्रस्ताव राखेका छन् । साथै रेस्टुरेन्ट र मनोरञ्जन उद्योगकालागि राहतका उपायहरुका बारेमा पनि कुरा गरेका छन् ।

ट्रम्पको प्रस्ताव २२ खर्ब डलरको प्रोत्साहन प्याकेज पारित गरिएको केही दिनपछि मात्र आएको हो । यसैगरी साना तथा मझौला उद्योग, ठूला संस्थान र यात्रा तथा पर्यटन उद्योगकालागि ठूलो मात्रामा वित्तीय सहायता प्रदान गरिने जनाइएको छ । अमेरिकामा हालसम्म २ लाखभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् भने ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मानिसहरु त्यहाँ भएको मृत्यु र आर्थिक नोक्सानको तुलना प्रथम र दोस्रो दुबै विश्वयुद्धमा भएको कुल क्षतिसँग गर्न थालिसकेका छन्।

यहाँको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ । ट्रम्पको आज पुनः एक पटक कोरोना परिक्षण भएको विषय व्हाइट हाउसले जनाएको छ । ट्रम्पको दोश्रो पटक परिक्षण हुँदा पनि उनलाई भाइरसको संक्रमण नदेखिएको पुष्टि समेत भएको व्हाइट हाउसले जनाएको छ l File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot