Logo

कोरोना महामारीमा चीनको मासु बजार जिम्मेवार-अस्ट्रेलियाका प्रधानमन्त्री



एजेन्सी, २२ चैत्र । अहिले विश्वभर महामारी बनेको कोरोना भाइरसको मुख्य कारण मानिएको चीनको वुआनस्थित मासु बजारबारे चासो कायमै छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको संक्रमणको विश्वव्यापी महामारीको कारण उक्त मासु बजार नै भएको जिकिर गरेका छन् ।

मोरिसनले एउटा रेडियो अन्तवार्तामा भने, ‘महामारी फैलनुमा चीनको मासु बजार जिम्मवार छ ।’ उनले मासु बजारविरुद्ध कारबाही गर्न संयुक्त राष्ट्रसँग अपिल समेत गरेका छन् । मासु बजार विश्व भरका मानिसका लागि खतरा बनेको भन्दै कारबाहीको अपिल गरेका हुन् ।

चीनको वुआनको मासु बजारबाट कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि बन्द गरिएको छ । उक्त मासु बजारमा जंगली जनावरको समेत मासु खरिद विक्री हुन्थ्यो । वुआन सिफुड होलसेल मार्केट हो ।

यसैगरी, चीनको शिन्चेन शहरमा जंगली जनावरका अलावा बिरालो र कुकुरको मासु प्रतिबन्ध लागेको छ । जंगली जनावरबाट कोरोना संक्रमणको आशंका गरिएकाले प्रतिबन्ध लगाइएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot