Logo

धनगढीका कोरोना संक्रमितलाई अस्पताल पु¥याउने सहित दुई जनाको रिपोर्ट आउन बाँकी



कैलाली, चैत २३ । धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आईसकेकोमा दुई जनाको रिपोर्ट भने आउन बाँकी छ। दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका ८ जना परिवारका सदस्य र दुई जना आफन्तको नमूना संकलन भएकोमा दुई जनाको रिपोर्ट आउन बाँकी रहेको हो।

रिपोर्ट आउन बाँकी रहेका दुई जनामा एक जनाले संक्रमितलाई मोटरसाईकलमा अस्पताल पुगाएका थिए भने एक जना संक्रमितकै आफन्त हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot