Logo

शिक्षण अस्पतालका चिकित्सकमाथि प्रहरी आक्रमण, संघले दियो कडा चेतावनी



वैशाख ४, काठमाडौं । ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै राष्ट्रिय आवासीय चिकित्सक संघले कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याउन माग गरेेेको छ ।

घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै संघले बुधबार एक विज्ञप्ती जारी गरेेेेको छ । बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरहरु ड्युटी सकेर निवासतर्फ फर्किदै गर्दा महाराजगञ्जस्थित कान्ति बाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले हातपात गर्नुका साथै लाठि चार्ज समेत गरेको आरोप लगाएको छ ।

मानवीय संकटको बेलामा अत्यावश्यक सेवामा ज्यानको जोखिममा राखेर खटिरहेका डाक्टरहरुमाथि कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याउन संघले माग गरेको हो ।

दोषी प्रहरीमाथि कार्वाही नगरे संघले कडाभन्दा कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

यस्तो छ संघको विज्ञप्ति :

अस्पतालबाट ड्युटी सकेर घर फर्किदै गरेका तीन जना चिकित्सकमाथि प्रहरीद्वारा हातपात भएको थियो ।
त्रिवि शिक्षण अस्पतालका डाक्टर तेज प्रसाद शाह, डाक्टर शम्भु खनाल र कान्ति बाल अस्पतालका डाक्टर विकास शाहमाथि प्रहरीले हातपात गरेक हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot