Logo

बाग्लुङकी कोरोना संक्रमित किशोरी डिस्चार्ज हुने



काठमाडौं, ४ वैशाख । नेपालकी पाचौं कोरोना भाइरसकी संक्रमित किशोरी स्वस्थ भएकी छिन् । उनको लगातार तेस्रो पटककको कोरोना टेष्टको नतिजा नेगेटिभ आएको छ । अब उनको अन्तिम परीक्षणबाट पनि नेगेटिभ नतिजा आएपछि आएपछि डिस्चार्ज हुनेछिन् ।

धौलागिरी अञ्चल अस्पतालमा उपचाररत १९ वर्षीया किशोरीको १५ चैत्रमा संक्रमण पत्ता लागेको थियो । अस्पतालका अनुसार उनी स्वस्थ भइसकेको र पूर्ण स्वस्थ सुनिश्चित भएपछि डिस्चार्ज गर्ने तयारी अवस्थामा राखिएको छ । उनीसँगै कतार हुँदै आएका दुईजना उपचाररत छन् ।

बाग्लुङकी ती किशोरी ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानककी यात्रु हुन् । सो विमानमा यात्रा गरेका उनीसहित तीनजना महिलाहरुलाई संक्रमण भेटिएको हो । जसमध्ये उनीसहित दुईजना बाग्लुङका र एकजना काठमाडौंका छन् ।
कोरोना संक्रमण पत्ता लागेको छैठौं संक्रमित बाग्लुङकी ६५ वर्षीया महिला हुन् र उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot