Logo

ओलीले आकस्मिक क्याबिनेट डाके, अध्यादेश फिर्ता होला ?



काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक मन्त्रिपरिषद बैठक डाकेका छन् । अहिले केही बेरमै बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।

बालुवाटार स्रोतका अनुसार बैठकमा सरकारले हालै ल्याएको दुईवटा अध्यादेशबारे छलफल हुनेछ । अध्यादेश फिर्ता गर्न चौतर्फी दबाब बढेपछि मन्त्रिपरिषद बैठक बस्न लागेको हो । आज राजनीतिमा दुरगामी असर पार्ने खालका निर्णय हुनसक्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले हिजै शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । उनले भण्डारीलाई भेट्नु अघि नेकपाका ओली इतरका नेताहरुको भैंसेपाटीमा भेला भई अध्यादेश फिर्ता गर्न लगाउने निर्णय भएको थियो । –File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot