Logo

लक डाउनका बेला महोत्तरी-काठमाण्डौ यात्रा ! प्रहरी चेकिङ किन भएन ? (भिडियो)



वैशाख १४, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउँदा उनी ´अपहरण` परेको खबर मंगलबार नै मिडियाबाट सार्वजनिक भइसकेको थियो । तर, बाटामा प्रहरीले कहीँ पनि सर्वेन्द्र खनाल र महेश बस्नेतहरुको चढेको गाडी चेकिङ गरेन । जुन गाडिमा सांंसद यादव पनि थिए ।

यसअर्थमा प्रहरीकै ‘व्यवस्थापन’ मा यादवलाई काठमाडौं ल्याउन बस्नेत र खनालहरू सफल भएको मान्न सकिन्छ ।
लकडाउनका बेलामा आफूलाई काठमाडौं ल्याइँदा बाटोमा एक ठाउँ पनि प्रहरीले चेकिङ नगरेको सांसद यादवले प्राइम टाइम्स टेलिभिजनलाई बताएका छन् ।
कार्यक्रम जनता जान्न चाहन्छनमा ऋषि धमलासँग यादवले भनेका छन्-‘जहाँजाँदा पनि पुलिस थिए । सिन्धुलीमा जहाँ गाडी रोकिएको थियो, त्यहाँ पुलिस चौकी नै थियो। जहाँ काभ्रेमा खाना खान रोकियो, एउटा एन्स्पेक्टर थियो । सबै पुलिसहरूले नै एरेञ्ज गरेको ।’
यादवले थपे-बाटोमा कहीँ पनि चेकिङ भएन, कहीँ पनि रोकिएन । जिल्लामा जब म गाडी चढेँ, एसपीको पूरा टिम थियो ।’
सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वआइजीपी हुन् । यही आधारलाई प्रयोग गर्दै सिङ्गो प्रहरी संगठनको दुरुपयोग गरेर सांसद यादवलाई काठमाडौं ल्याइएको सांसद यादवको भनाइबाट स्पष्ट हुन्छ ।
बाटोमा उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर यादवजी हामीसँगै हुनुहुन्छ भनेर रिपोटिङ गरेको सांसद यादवले बताएका छन् ।
नेकपा सांसद किसान श्रेष्ठले अब सर्वेन्द्र खनाल अख्तियारको आयुक्त बन्दै हुनुहुन्छ, यसबाट तपाईंलाई सजिलो हुन्छ भनेर ‘ड्यासिङ’ दिएको यादवको भनाइ छ ।
https://m.youtube.com/watch?v=HKcmsUXRsaw



प्रतिक्रिया दिनुहोस्

Screenshot