Logo

लकडाउनमा श्रीमती कुटिन थाले, एक व्यक्ति पक्राउ



काठमाडौं, १५ वैशाख । कुटपिट गरी घाइते बनाएको अभियोगमा सुवास सुब्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा बुढानिलकण्ठ नगरपालिका मण्डीखाटारमा बस्ने ईलाम चुलाचुली घर भएका सुब्बा पक्राउ परेका हुन् ।

सुवासले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी बिट गोल्फुटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकी सुवासकी २५ वर्षीया श्रीमतीलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot