Logo

मन्त्रिमण्डल र मुख्यमन्त्रीमा परिवर्तन गर्ने ओलीको प्रस्ताव



काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल र मुख्यमन्त्री परिवर्तन गरेर जाने प्रस्ताव गरेका छन् । उनले पार्टीका असन्तुष्ट नेताहरुसँग यो प्रस्ताव गरेको बुझिएको छ ।

आफूविरुद्ध प्रभावशाली नेताहरु एकजुट भएर लागेपछि ओलीले यस्तो प्रस्ताव गरेका हुन् । उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्न दबाब बढेपछि नयाँ प्रस्ताव अगाडि सारेका हुन् । ७ प्रदेशमध्ये ६ वटामा ओली निकटस्थहरु मुख्यमन्त्री छन् । उनले दुईवटा प्रस्तावमा माधव नेपाल निकटलाई जिम्मेवारी दिने र केही मन्त्रीहरु पनि परिवर्तन गर्ने प्रस्ताव विश्वासपात्रहरुमार्फत् पठाएको बुझिएको छ ।

ओलीको यो प्रस्तावले नेकपाभित्र तरंग ल्याएको बुझिएको छ । उनलाई हटाउन सक्रिय भइसकेका र मौन बसेकाहरु पनि यो प्रस्तावबाट प्रभावित भएका छन् । अहिले ओलीलाई हटाउन नहुने भन्दै विरोधी खेमाका भनिएकाहरु पनि बोल्न थालेका छन् । ओलीको अस्त्रले अहिले धेरै हदमा काम गरेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot