Logo

रुसमा गत २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना भाइरस सक्रमण



१९ बैशाख । रुसमा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।

यससँगै शुक्रबारसम्म रुसमा कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रुसमा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ ।

विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ ।रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot