Logo

गगनको गर्जन् : ‘भारतको दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न कांग्रेस तयार छ’



काठमाडौं, २८वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले भारतले हस्तक्षेप र नेपाली भूमी अतिक्रमण गरेको भन्दै कडा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रश्न सोध्ने क्रममा सांसद थापाले यस्तो बताएका हसन् ।

उनले भने-“भारतको हस्तक्षेप र अतिक्रमणको घोर भत्र्सना गर्दछु । केही समय अघि रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नुभएको थियो । के त्यो तीर्थयात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनुभयो ? र सरकारले यो बीचमा के काम गर्यो ? भारतले त प्रष्ट भनिसक्यो हामीले हाम्रो भूभागमा बनाएका हौं । र, अब संक्रमण सकिएपछि तपाईहरुसँग छलफल गरौंला भनेर । के नेपालले अब रिग्रेट गरेरमात्र बस्ने हो ? वा हाम्रो भूभी तिमीहरुलाई प्रयोग गर्न दिँदैनौं भनेर अब्जेक्ट गर्ने हो ?”

उनले “हाम्रो भूमीमा एक ईन्चपनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रष्टसित भन्ने हो ?” भन्नेपनि सरकारलाई सुझाव दिए । थापाले अघि भनेका छन्,”भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस सिंगा् नेपाली जनता तयार छ । सरकारबाट हामीबाट के सहयोगको अपेक्षा गरेको छ ? हामी जान्न चाहन्छौं । धन्यवाद छ ।”



प्रतिक्रिया दिनुहोस्