Logo

३३ जना कोरोना ‘पोजेटिभ’ कै अवस्थामा डिस्चार्ज



काठमाडौं, जेठ २३ । कुनै लक्षण देखिएमा मात्रै अस्पतालमा भर्ना गरिने स्वास्थ्य मन्त्रालयको नीति अवलम्बन गरिदा अस्पतालमा भर्ना भएका संक्रमितहरु ताजै अवस्थामा डिस्चार्ज हुने क्रम बढेको छ ।

शुक्रबार कैलालीस्थित सेती प्रादेशीक अस्पतालबाट ६ जनाको संक्रमणकै दौरान जिस्चार्ज गरिएको छ । त्यस्तैे, बुटवलस्थित कोरोना विशेष अस्पतालबाट समेत २७ जना डिस्चार्ज भएका छन् । बुटवलबाट डिस्चार्ज भएकाहरु १४ दिन आइसोलेसनमा बस्दा समेत कुनै लक्षण नदेखिएकाहरु रहेका छन् ।

सरकारले जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप नेगेटिभ रिपोर्ट नआए पनि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उता घनगढीमासमेत भने स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका भन्दै सेती प्रादेशिक अस्पतालले ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको हो ।

अस्पतालबाट डिस्चार्ज गरिएका उनिहरुलाई अस्पतालले सम्बन्धित जिल्लासम्म पु¥याउने व्यवस्था नगरेकाकारण भने उनिहरु विचल्लीमा समेत परेका छन् । अछामलगायतका जिल्लाका उनीहरुलाई बेलुका अबेरसम्म गाडी नपाएको र कैलालीमा भारी बर्षासमेत भइरहेकाले पुनः अस्पतालमै राखिएको छ । सम्बन्धित पालिकाले गाडीको व्यवस्था नगर्दा सम्म उनीहरुलाई प्रि–आइसोलेसन राखिने अस्पतालले जानकारी दिएको छ ।

यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेकोमा स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।

अस्पतालले डिस्चार्ज गरेका ६ कोरोना संक्रमित धनगढीमा अलपत्र, गाडि नपाउँदा पानीमा भिज्दै बासको खोजिमा



प्रतिक्रिया दिनुहोस्

Screenshot