Logo

प्रधानमन्त्रीले सदनलाई मुन्द्रेको कमेडी क्लबजस्तो बनाए : रायमाझी (भिडिओसहित)



काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले आफ्नो पार्टीलाई जनताले खोज्नुपर्नै अवस्था नआएको दाबी गरे । उनले सरकारले गरेका भ्रष्टाचारको कुरा आफूलेजति अरु कसैले नउठाएको दाबी गरे । कोरोनाका कारण सरकारले गरेको भ्रष्टाचारको विरुद्धमा सडकमा आउन नसकेको उनको स्पष्टोक्ति थियो ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई मुन्द्रेको कमेडी क्लबजस्तो बनाएको पनि आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री ओलीले सदनलाई मुन्द्रेको कमेडी क्लबजस्तो बनाए । कोरोना भनेको केही पनि होईन । रुघाखोकीजस्तै हो । बेसार खानुहोस्, अदुवा खानुस भन्नुहुन्छ ।’ सरकारले कोरोना नियन्त्रणमा आफूहरु सफल भएको भनेर गरेको दाबीमा कुनै सत्यता नभएको पनि उनको जिकिर गरे । रायमाझीले भने,‘स्वास्थ्यमन्त्रीको बारेमा नेपाली जनतालाई राम्रोसँग थाहा छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot