Logo

फिफा वरियतामा कुनै परिवर्तन भएन



एजेन्सी, १ साउन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यसपटक देशहरुको वरियतामा कुनै परिवर्तन गरेन । आज फिफाले कुनै परिवर्तन नभएको भन्दै वरियता सार्वजनिक गरेको हो ।

वरियतामा बेल्जियम पहिलो, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

नेपाल १७० औं स्थानमा छ । नेपालको यसअघिको ९७४ अंक यथावत छ । भारत १०८ औं स्थानमा छ ।

एशियाली देशहरुमा सबैभन्दा अगाडि जापान २८ औं स्थानमा छ । इरान ३३ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot