Logo

इपिएलमा च्याम्पियन्स लिगको स्थान पक्का गर्न तीन टोलीको अन्तिम खेल निर्णायक



एजेन्सी, ८ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको उपाधि जितिसकेको छ । लिगमा चार शिर्ष टोलीले च्याम्पियन्स लिगमा स्वतः स्थान पक्का गर्नेछन् । दुई स्थान लिभरपुल र म्यानचेष्टर सिटीले पक्का गरिसकेका छन् ।

बाँकी दुई स्थानमा तीन टोलीको प्रतिष्पर्धा छ । लिगको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेड, चेल्सी र लिसेस्टरको खेल नतिजाले च्याम्पियन्स लिगमा स्थान पक्का गर्नेछ । युनाइटेड र चेल्सीले जित हासिल गरे लिसेस्टर युरोपियन लिगमा सिमित हुनेछ । यी दुई टोली हारेर लिसेस्टर जितेमा उसको स्थान पक्का हुनेछ ।

युनाइटेडको हार र चेल्सीको बराबरीले पनि च्याम्पियन्स लिगको अवस्था फरक पार्नेछ । लिगमा युनाइटेड र चेल्सीको समान ६३ अंक छ । लिसेस्टर ६२ अंकमा छ । तर, गोल अन्तरमा युनाइटेड र लिसेस्टर बराबर छन् । चेल्सी गोल अन्तरमा पछि छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot