Logo

प्रदेश १ प्रहरी कार्यालयका थप चार जना कोरोना संक्रमित



विराटनगर, ८ साउन । प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरका थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार एकजनामा सङ्क्रमण पुष्टि भएसँगै, सङ्क्रमित हुने व्यक्तिको सम्पर्कमा भएका २२ जनाको स्वाब सङ्कलन गरिएकामध्ये चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमितहरूलाई केही दिन अगाडिदेखि रुघाखोकीको समस्या देखिँदै आएको थियो । ‘बुधबार सङ्क्रमित भएका सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको छ। प्रदेश १ प्रहरी कार्यालय रानीमा बुधबार र बिहीबार पाँच जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइएको छ । यस्तै, आज थप १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जनाइएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot