Logo

उपाधि जित्ने खेलमा जुभेन्टस पराजित



एजेन्सी, ९ साउन । इटालीको सिरि ए फुटबलमा गएराति जित हासिल गरेको भए जुभेन्टसले लिग जित्ने थियो । तर, उसले रेलिगेसनबाट बच्न संघर्षरत टोली उडिनेससँग हार व्यहोर्यो ।

खेलमा अग्रता जोगाउन नसक्दा जुभेन्टस उडिनेससँग १-२ ले पराजित भयो । खेलको पहिलो हाफमा जुभेन्टसका डी लिटले अग्रता दिलाएका थिए । तर, नेस्टोरोभ्स्कीले दोस्रो हाफको ५२ औं मिनेटमा गोल गरी बराबरी गरेका थिए ।

रेलिगेसनबाट बच्न निकै संघर्ष गरेको उडिनेसले इन्जुरी समयमा गोल गरी सानदार र महत्वपूर्ण जित दिलाए । जितपछि उडिनेस रेलिगेसनबाट लगभग बचेको छ । जुभेन्टसले भने लिग जित्न अझै दुई खेल लगातार जित्नुपर्ने अवस्था बनेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot