Logo

दाहाल-नेपाल समूहले स्थायी कमिटी बैठक सुरु गर्ने तयारीमा, ओलीको राजीनामा मागिने



काठमाडौं, १३ साउन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् । दाहालसहित बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक सुरु गर्ने तयारीमा जुटेका छन् । अध्यक्ष दाहालले बैठकको अध्यक्षता गर्ने र बैठक सुचारु गर्ने दाहाल-नेपाल पक्षको तयारी छ ।

नेकपा स्थायी कमिटी बैठक बस्दै नबसी स्थगन्

बैठक कक्षमा दाहाल-नेपाल समूहका सबै सदस्यहरु पुगिसकेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । उनकाअनुसार आजको बैठकले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन निर्देशन दिनेगरि निर्णय गर्नेछ । यसअघि बैठक बस्नुभन्दा आधा घण्टा अघिमात्रै बैठक स्थगित् भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका थिए । लगत्तै, अर्का अध्यक्ष दाहालले आफ्नो सहमतिबिना नै ओलीले एकलौटी रुपमा बैठक स्थगित् गरेको भन्दै असन्तुष्टि पोखेका थिए । file photo

ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित



प्रतिक्रिया दिनुहोस्

Screenshot