Logo

कैलालीमा ६ हजार घर डुबानमा, बाढीमा बगेका तीन जना बेपत्ता



कैलाली, साउन १५ । कैलालीमा दुई दिनदेखि जारी वर्षाले ६ हजार बढि परिवार डुबानमा परेका छन्। उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएका छन्।

डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका छन्।

टीकापुरमा बाढीले ३० घर भत्किएका छन्। डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका छन् ।

बाढीमा बगेका तीनजनाको सकुशल उद्धार गरिएको छ भने तीन जना अझै बेपत्ता छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot