काठमाडौं, साउन १७ । कोरोना महामारीबाट विश्वभर एक करोड ७७ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर एक करोड ७७ लाख ५४ हजार दुई सय २१ जना कोरोना संक्रमित रहेका छन् ।
यस्तै, शनिबार विहानसम्म ६ लाख ८२ हजार आठ सय ८२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड ११ लाख ५९ हजार ६ सय ३० जनाले कोरोना जितेका छन ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।
अमेरिकामा मात्र एक लाख ५६ हजार सात सय ४७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९२ हजार पाँच सय ६८, भारतमा ३६ हजार पाँच सय ५१ जनाले कोरोनाबाट गुमाईसकेका छन् ।