Logo

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ



धनुषा, १८ साउन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने रामविश्वास पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बिआर ०६ पिई ०६५८ नम्बरको गाडीका चालक सर्लाही बयलबासका पटेल लक्ष्मिनिया चोकबाट पक्राउ परेका हुन् ।

जाँच गर्ने क्रममा उक्त गाडीको भन्सार पास नभएकोले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाएकोमा पटेलले प्रहरीलाई नगद २ हजार रुपैयाँ घुस दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot