Logo

जुवाडे पक्राउ



काठमाडौं, १८ साउन । तास खेलिरहेको अवस्थामा १२ जना नगदसहित शनिबार पक्राउ परेका छन् । काठमाडौको चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल घर भई हाल भक्तपुर बस्दै आएका याम बहादुर श्रेष्ठ लगायत १२ जनालाई नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot