Logo

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता



काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोनवार्ता भएको छ। भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा आज प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी भएको हो । भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन्। प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार मोदी र ओलीबीच दश मिनेट कुराकानी भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot