Logo

धोनीले क्रिक्रेटबाट सन्यासको घोषणा गरेसँगै सुशान्तको भिडीयो भाइरल



एजेन्सी, ३२ साउन । भारतीय टीमको पुर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगष्टमा अन्र्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएर सबैलाई आश्चर्य चकित पारेका छन् । उनले सन्यास लिएसँगै उनका शुधचिन्तक । साथीहरु धेरै निराश भएका छन् । यसै क्रममा धोनीको बायोपिक फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मा काम गर्ने स्वर्गिय अभिनेता सुशान्त सिंह राजपुत र धोनीको एक भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भाइरल भएको भिडियोमा सुशान्तको फिल्म र रियल क्रिकेट म्याचको केहि दृष्य देखाइएको छ जसमा धोनी छन् । यो भिडियोमा धोनी र सुशान्तलाई एकै पटक देख्न सकिन्छ । यो फिल्मको भिडियोमा सुशान्तको सिन र धोनीको म्याचको क्रममा सुट भएकोलाई मिलाएर देखाइएको छ । २०१६ मा निर्माण भएको उक्त फिल्मका लागि सुशान्त सिंहले २ वर्ष अघिदेखि क्रिक्रेटको अभ्यास गरेका थिए र सुशान्तले गरेको अभिनयको बारेमा धेरैले खुलेर तारिफ गरेका थिए । उक्त फिल्म सुशान्तको करियरको महत्वपुर्ण फिल्म मानिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot