Logo

यौन उत्पीडनबारे महेश भट्टः ‘तीन छोरीको पिता हुँ’



एजेन्सी, ३ भाद्र । फिल्म निर्माता महेश भट्ट प्रायः विवादको घेरामा परिरहन्छन् । केही दिनयता उनको नाम सुशान्त राजपुत आत्महत्या प्रकरणमा तानिएको छ । यसबाहेक राष्ट्रिय महिला आयोगले महेश भट्टविरुद्ध सुचना जारी गरेको थियो । जसमा महेश भट्टले यौन उत्पीडनको मुद्दा चलाईरहेको सस्थालाई प्रमोट गरेको आरोप थियो ।

आज महेशले स्पष्ट पार्दै एक विज्ञप्ती जारी गरी एक मोडल महिलाले आईएमजी भेन्चरका प्रवर्तकको विरुद्ध राष्ट्रिय महिला आयोगमा यौन उत्पीडनको मुद्दा दर्ता गरेको विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । आफूप्रति लगाएको आरोपको खन्डन गर्दै महेशले भने, फोटो र नामको दुरुपयोग भयो । बिना सहमति नाम प्रयोग गरिएको थियो । घटना र यौन दुव्यवहारसँग उसको कुनै लेनादेना छैन् ।

महेशले अगाडी भनेका छन्, ‘जब मैले ति व्यक्तिहरुसँग कुरा गरे उनीहरुले माफि मागे र घटनासँग जोडिएका तस्वीरहरु हटाइदिए । ७१ वर्षको उमेरमा आफ्नो ज्ञान बाँड्ने र सामाजिक कार्यमा योगदान पुर्याउनेमा विश्वास राख्छु । म ३ छोरीको बाबु हुँ र यस धर्म युद्धमा पुर्णरुपमा सहयोग गर्न तयार छु । ’

महेशले उनीहरुले आफलाई शो को प्रमुख अतिथि हनु सम्र्पक गरेका थिए तर आफुले कोविड–१९ को परिस्थितीमा कुनै कार्यक्रममा सहभागी नहुने बताएका जानकारी दिएका छन् । उक्त कार्यक्रमको लागि कुनै हस्ताक्षर नगरेको र पैसा नलिएको पनि जानकारी दिएका छन् । उनले दुर्भाग्यवश आफ्नो नाम सामाजिक सञ्जालमा लिइएको र आफ्नो नाम बिना सहमति दुरुपयोग गरेको आरोप लगाएका छन् ।

महेश भट्ट बाहेक उर्वशी रौटेल, रणविजय संघ, ईशा प्रिन्स नरुलालाई पनि यस मुद्दामा नोटिस जारी गरिएको थियो । गैरसरकारी संस्थाहरुले पिडित युवतीहरुको तर्फबाट राष्ट्रिय महिला आयोगमा यौन शोषण र ब्ल्याकमेललिंगका लागि कम्पनीहरुको विरुद्ध उजुरी दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot