Logo

काठमाडौंमा एकैदिन २२४ जना कोरोना संक्रमित थपिए



काठमाडौं, ८ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ७ सय  ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २ सय २४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले  १० हजार   २ सय   ३४ जनाको पिसीआर परिक्षणमा ७  सय  ४३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १७५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८  हजार  ८ सय  ६ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १७७ जना र ललितपुरका ३३ जना र भक्तपुरका  १४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३२ हजार  ६ सय ७८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot