Logo

सन्जय दत्त उपचारको लागि न्युर्योक जादै



एजेन्सी, ९ भाद्र । बलिउड अभिनेता सन्जय दत्त अहिले एक गम्भीर रोगसँग जुधिरहेका छन् । केहि दिन पहिले उनलाई फोक्सोको क्यान्सर भएको रिर्पोट आएको थियो । आजसम्म सन्जय दत्तले मुम्बईको कोकिलाबेन अस्पतालमा रोगको उपचार गराइरहेका थिए ।

उनका केही दिन अघि त सन्जुको केहि फोटो र भिडियो पनि बाहिर आएको थिए । जसमा उनकी पत्नी मान्यता दत्त, बहिनी प्रिया र नम्रताको साथमा कोकिलाबेन अस्पतालमा देखिएका थिए ।

सन्जय दत्त अब फोक्सोको क्यान्सरको उपचारको लागि तुरुन्तै अमेरिकाको न्युर्योक जाने भएका छन् । उनले अमेरिका जानलाई भिजा अप्लाई गरीरहेको एक श्रोतले जनाएको छ । १९९३ मा मुम्बईमा ब्लास्टर मा सहभागी भएको कारण सन्जयलाई भिजामा समस्या आएको थियो । तर सन्जयका साथीले मेडिकल ग्राउन्डको आधारमा ५ वर्षको भिजा मिलाउन सहयोग गरेका थिए । सन्जय मान्यता र बहिनीको साथमा अमेरिका जान खोजेका छन् । सन्जयले अमेरिकाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार गर्नेछन् । जहाँ उनकी आमा नरगिस दत्तको प्याङक्रियाज क्यान्सरको उपचार गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot