Logo

कगंना रनौटद्वारा बलिउडमा जोडिएका धेरैजसो लागूऔषधको दलदलमा रहेको सनसनीपूर्ण खुलासा



एजेन्सी, १० भाद्र । बलिउड स्टार कंगना रनौटले फेरि सनसनीपूर्ण खुलासा गरेकी छिन् । उनले यसपटक बलिउडमा जोडिएका ‘क श्रेणी’का व्यक्तिहरु लागूऔषधको दलदलमा परेको खुलासा गरेकी हुन् । रनौट आफैमाथि पनि बलिउडमा प्रवेश गरेको प्रारम्भिक समयहरुमा लागूऔषधको सेवन गराइएको खुलाइन् । आफू बलिउडमा सफल भएपछि लागूऔषधको दुनियाँबारे परिचित भएको बताइन् ।

आज एक ट्वीट गर्दै लागूऔषध नियन्त्रण ब्युरो बलिउडमा प्रवेश गरेमा धेरैजसो क श्रेणीकाहरु जेलभित्र पर्ने बताइन् । उनले बलिउडमा रगत चेकजाँच भएमा धेरै आश्चर्यचकित पार्ने खुलासाहरु हुने बताइन् । उनले लेखेकी छिन्, ‘आशा छ भारतको प्रधानमन्त्री कार्यालयले स्वच्छ भारत मिसन अन्तर्गत बुलिउडको फोहोर सफला गर्नेछ ।’

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या घटनापछि धेरै तथ्यहरु बाहिर आइरहँदा कंगनाको पछिल्लो भनाई सार्वजनिक भएको हो । उनले बलिउडमा हुनेगरेको यौन दुव्र्यवहार, शोषण र थिचोमिचोबारे सनसनीपूर्ण खुलासाहरु गर्दै आएकी छिन् ।-Photo Source: Agency

 



प्रतिक्रिया दिनुहोस्

Screenshot