Logo

फाइटर प्लेनको पाइलट बन्ने तयारीमा कंगना रनोट



एजेन्सी, १२ भाद्र । बलिउड अभिनेत्री कंगना रनोटको फिल्म ‘तेजस’ को सुर्टिङ हुने घोषणा भएको छ । यो वर्षको डिसेम्बरबाट सुर्टिङ सुरु हुने भएको छ । कंगना रनोट अभिनित ‘तेजस’ एक साहसी र निडर फाइटर पाइलटको कहानी हो । भारतीय वायु सेना २०१६मा महिलाको लडाकु भुमिकामा सहभागी हुने देशको पहिलो रक्षा थियो, यहि ऐतिहासिक घटनाबाट यो फिल्म प्रेरित छ ।

आरएसवीपीले आफ्नो सामाजिक सञ्जाल ट्विटरको एकाउन्टमा फिल्मको सुर्टिङ सुरु हुनेको आधिकारकि घोषणा गरेका हुन् र सुर्टिङको घोषणासँगै एक पोस्टर पनि सेयर गरेका छन्, जसमा कंगना फाइटर पाइलटको ड्रेसमा देखिएकी छिन् ।

कंगनाले पनि आफ्नो ट्विटर एकाउन्टमा पोस्टर सेयर गर्दै फिल्मको बारेमा जानकारी दिएका हुन् । ‘तेजस’ फिल्मलाई सर्वैश मेवाडाले निर्देशन गर्नेछन् भने फिल्मको निर्माता रानी सेक्र्युभालल रहेका छन् । रानीको यो दोस्रो फिल्म हो ।

फिल्मको बारेमा कुरा गर्दै कंगनाले वायु सेनाको पाइलटको भुमिका निभाउने सौभाग्य आफुलाई प्राप्त भएको बताइन् । यस्तो फिल्मको हिस्सा बन्न पाउदा सम्मानित महसुस भएको जानकारी दिदै यस पेशामा भएका पुरुष र महिलाहरु प्रति अत्यन्त्यै सम्मान बढेको पनि बताइन् । उनले सर्विस र राँनीसँग यात्रा गर्न पाउदा उत्साहीत भएको जानकारी दिएकी छिन् ।

जुलाईमा सुरु गरिने भनिएको यो फिल्म कोरोना भाइरसको कारण रोकिएको थियो । हाल भने अघि बढेको छ । अभिनेत्री कंगनाले भनिन्, ‘यो फिल्मले महिलाहरुलाई वायु सेनामा प्रवेश गर्न थप हौसला र प्रेरणा दिनेछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot