Logo

हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ का काला मोतीको निधन



लस एन्जलस, भदौ १३ । अमेरिकी अभिनेता चाडविक बोसमनको निधन भएको छ । ४३ वर्षीय बोसमनको गयराती लस एन्जसस्थित आफ्नै निवासमा मृत्यु भएको हो । उनी विगत ४ वर्षदेखि क्यान्सरबाट पीडित रहदै आएको समाचार संस्था एपीले जनाएको छ ।

तर, बोसमनले भने सार्वजनिक रुपमा आफ्नो रोगबारे भने बताउने गरेका थिएनन् । ‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाबाट बोसमनले निकै प्रशंसा बटुलेका थिए । उनले ‘क्याप्टेन अमेरिका स् सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्स – इनफिनिटी वार’ लगायतका चलचित्रमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot