Logo

घर बाहिर निस्किनुपर्दा स्वास्थ्य-सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न थापाको आग्रह (भिडिओसहित)



काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले निषेधाज्ञा खुकुलो भएपनि संक्रमणको जोखिम कम नभएको बताउँदै यस्तो बेलामा घर बाहिर निस्किनुपर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले सबैलाई सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।

उनले भनेका छन्,‘निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको जोखिम कम भएको छैन। खुकुलोपन सँगै चहलपहल बढ्छ । यस अवस्थामा संक्रमण फैलिने संभावना झन बढी रहन्छ । त्यसैले,यो समयमा घर बाहिर निस्किनुपर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गरौं,सतर्कता अपनाऔँ,सुरक्षित रहौँ।’ नेता थापाले फेशबुकमा यसबारेमा एक भिडिओ सन्देशसमेत जारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot