Logo

तास खेलिरहेका पाँचजना पक्राउ



बारा, ३१ भाद्र । तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । निजगढ नगरपालिका सुभम होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिकाका हरि ढुंगाना समेत ५ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा तास खलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार रुपैयाँ, ५ थान मोवाइल र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot