Logo

टोटनहामको जीतमा सनको चार गोल



एजेन्सी, ४ असोज । कोरियाली फुटबल स्टार सन हुङ मिनले चार गोल गर्दा टोटनहामले प्रिमियर लिगमा साउथह्याम्टनविरुद्ध सानदार जित निकालेको छ । ५-२ को जितमा सनले पहिलो गोल पहिलो हाफमा पेनाल्टीमार्फत् गरेका थिए ।

दोस्रो हाफमा तीन गोल गरेका सनले सानदार खेल पस्किएका थिए । टोटनहामका लागि कानेले एक गोल गरे ।

टोटनहामले शुरुवाती अग्रता लिएपनि सम्हालिन सकेन । इंग्सले ३२ र ९० औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगको पहिलो खेलमा पराजित भएको टोटनहाम लयमा फर्किएको छ ।-Photo: Goal.com



प्रतिक्रिया दिनुहोस्