Logo

काठमाडौंमा एकैदिन ६४५ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  ९ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  १३ सय  १३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ४५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १२ हजार  २ सय  ६२  जनाको पिसीआर परिक्षणमा १३  सय १३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १४५५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५१  हजार ८  सय  ६६ रहेको छ । काठमाडौं  उपत्यकामा ६४५ थपिएका मध्ये काठमाडौंका  ५०३ जना र ललितपुरका ९१ जना र भक्तपुरका ५१  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७० हजार ६  सय १४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot