Logo

रबिना र अकेशा ‘मेरो बाबा’ भन्दै (भिडिओसहित)



काठमाडौं, ११ असोज । दशैंको छेको पारेर गीत आउने क्रम बाक्लएिको छ । यस्तैमा बाल गायिका रबिना बसेल बालापनको रसिलो स्वरमा मेरो बाबा भन्दै दशैं गति लीएर आएकी छिन् । चर्चीत गीतकार अम्बीका गुरुङको शब्दमा आएको मेरो बाबा..गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन् । गीतको प्राबिधिक कार्य भने धुन कला केन्द्रबाट रेकर्डिङ भएको छ भने गोबिन्द सोनीले मिक्सीङ गरेका छन् ।

मिठो दशैं धुन संवेदनशील भाकामा निर्माण गरिएको यस गीतको आकर्षक भिडिओ पनि तयार गरिएको छ । गीतमा टीकटकमा चर्चीत रहेकी एवं म्यूजीक भिडीयोमा जम्दै गरेकी बाल कलाकार अकेशा पोखरेलले प्रमुख अभिनय गरेकी छिन् । त्यसैगरी कलाकार रोबिन पोखरेल एवं ऋचा थापाले यस भिडीयोमा अभिनय गरेका छन् । भिडीयो निर्देशन भने मञ्जु बञ्जाडेले गरेकी छिन् । गीतलाई भवसागर इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot