Logo

निषेधाज्ञा हटेसँगै उद्योगीले बढाउन थाले उत्पादन



काठमाडौं, असोज १४ । विगत ६ महीनादेखि बन्दाबन्दी र निषेधाज्ञाका कारण उल्लेख्य मात्रामा उत्पादन कटौती गरेका उद्योगी तथा व्यवसायीहरूले उद्योगको उत्पादन बढाउन थालेका छन् । निषेधाज्ञाका बेलामा उद्योग, कलकारखानारफ्याक्ट्रीहरूले क्षमताको १५ देखि २५ प्रतिशत उत्पादन गर्दै आएकामा झन्डै १ महीनाको निषेधाज्ञा असोज १ गतेदेखि हटेपछि क्षमताको करीब ६० प्रतिशतसम्म उत्पादन गर्न थालेका छन् ।

चैत ११ गतेदेखि जारी बन्दाबन्दी सरकारले साउनमा खुला गरेको थियो । यस अवधिमा उत्पादन बढे पनि भदौ ३ गतेदेखि पुनः जारी निषेधाज्ञाले उद्योग व्यवसाय क्षेत्र थप थलिएका थिए । झन्डै ६ महीना लामो समय बन्दरखुलाको उतारचढाव खेपेको उद्योग व्यवसाय क्षेत्रले अब करीब १ महीनादेखि डेढ महीनाभित्रमा पिक अप लिन सक्ने आरएमसी ग्रूपका प्रबन्ध निर्देशक राजेश अग्रवालले बताए ।

नेपाल उद्योग परिसंघ ९सीएनआई० का उपाध्यक्षसमेत रहेका अग्रवालले सबै खाले उद्योग व्यवसायीहरू सरकारले बनाएको सुरक्षा प्रोट्रोकल पालना गरी कोभिडसँगै उत्पादन तथा व्यवसायमा लाग्न समान धारणा बनाइसकेकाले अब उद्योग क्षेत्रले लय लिन सक्ने बताए । पाल्पा सिमेन्टलगायत निर्माण सामग्रीको उत्पादन गर्दै आएको आरएमसी ग्रूपले अहिले कुल क्षमताको २५ देखि ३० प्रतिशतसम्म उत्पादन गर्दै आएको छ । अग्रवालले भने, ‘निर्माण सामग्रीको उत्पादन भएकाले दशैंपछि विकासको सिजन शुरू भएपछि उत्पादन वृद्धि गरिनेछ ।’

अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपाने कुल क्षमताको ५० देखि ६० प्रतिशतसम्म उत्पादन हुन थालेको र सोहीअनुसार विक्री पनि भइरहेको बताए । बन्दाबन्दी र निषेधाज्ञाले धराशयी नै बनेको व्यवसाय तथा उत्पादनले पिकअप लिन थालेको भन्दै न्यौपानेले भने, ‘उद्योगरव्यवसायले विस्तारै लय समात्न थालेकाले संक्रमणको भयका बीच आशावादी बनाएको छ ।’
उक्त ग्रूपका मुख्य उत्पादन सिमेन्ट र फलामे डन्डीको उत्पादन तथा विक्री पनि अहिले ५० प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ । कामदारको आवतजावत र बजार खुलेकाले अबको केही समयपछि नै व्यवसाय विस्तारै वृद्धि हुुने अपेक्षा गरिएको न्यौपानेले बताए ।

अन्य निर्माण सामग्री उत्पादन गर्दै आएका व्यवसायीहरूले पनि उत्पादन क्षमतालाई झन्डै ५० प्रतिशतसम्म पुर्‍याएका छन् । विगत वर्षको तुलनामा अहिलेको सिजनमा खपत भने उल्लेख्य मात्रामा घटेको उनीहरूको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot