Logo

एकैदिन काठमाडौं उपत्यकामा थपिए २६७२ जना कोरोना संक्रमित



काठमाडौं,  २४ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  २६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ५ हजार ८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २६ सय ७२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १९ हजार ३  सय  २०  जनाको पिसीआर परिक्षणमा  ५ हजार ८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १२२९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७४  हजार  २ सय  ५२ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  २१ सय र ललितपुरका  ३ सय ६९ जना र भक्तपुरका  २ सय ३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  १ लाख ५ हजार  ६ सय  ८४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot