Logo

श्रीमतीसहित चार छोराछोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै श्रीमानविरुद्ध मुद्धा



बाजुरा, कार्तिक १ । बाजुराको हिमाली गाउँपालिका–५ बस्ने धर्म नेपालीलाई श्रीमतिसहित चार छोराछोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मुद्धा चलाएको छ।

उनका कारण श्रीमती सत्ता नेपालीसहित चार बालबालिकाले कवाडी खोलामा हाम्फालेको हुनसक्ने प्रहरी अनुसन्धानले बताएको छ।

सोही कारण धर्म नेपालीविरुद्ध आत्माहत्या दुरुत्साहन मुद्धा दर्ता गरिन लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

असोज १६ गते उनकी श्रीमती सत्ता नेपालीले चार छोराछोरीसहित कवाडी खोलामा हाम्फालेका थिए। नदिमा नुहाउन गएको भएपनि सँगै ५ जना बेपत्ता नहुनुपर्ने प्रहरीले जनाएको छ।

धर्मले सधै श्रीमतीलाई कुटपिट गर्ने तथा विभिन्न मानसिक तनाव दिने भएकाले सत्ताले नदिमा बच्चासहित हाम फालेको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेकोले धर्मलाई मुद्धा चलाएको प्रहरीले जनाएको छ।

सत्ता नेपाली सासु ससुराबाट अलग बस्दै आएकी थिइन। स्थानीयका अनुसार दुवै पतीपत्नीबिच दैनिकजसो झै–झगडा भइरहन्थ्यो। धर्म सधैजसो मदिरा सेवन गरिरहने भएकाले झगडा हुने गरेको स्थानीयले बताएका छन्।

हालसम्म नदिमा बेपत्ता भएका ५ जना मध्ये २ जनाको शव फेला परेको छ। ३० वर्षीया सत्ता नेपाली र उनकी ४ वर्षकी छोरी सन्तोषी नेपालीको शव फेला परेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot