Logo

अनलाइन मार्फत आइपीएलको सट्टेबाजी खेल खेलाउने पक्राउ



मोरङ, ३ कात्तिक । अनलाइन मार्फत आइपीएलको सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । युएईमा आयोजना भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को अनलाइन मार्फत सट्टेबाजी खेल खेलाउने कार्यमा संलग्न ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बिराटनगर भट्टीमोडका पुरुषोत्तम साह, मंजित साह, जानकी मन्दिर छेउ बस्ने अपजर अली रहेका छन् । पुरुषोत्तमको घरमा आइपीएल खेलको सट्टेबाजी भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट नगद २८ हजार ५ सय रुपैयाँ, ३ थान मोबाइल, ३ वटा डायरी र को.१८ प ६८८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot