Logo

प्रधानमन्त्री बन्ने दाउमा माधव नेपाल, सक्रियता ह्वात्तै बढ्यो



काठमाडौं, ५ कात्तिक । कोटेश्वरमा खुम्चिएर बसेका माधवकुमार नेपाल एकाएक सक्रिय भएका छन् । उनले दिनहुँ राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालको दिनहुँजसो भेटवार्ता हुन थालेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट नेताहरुसँग पनि छलफल अगाडि बढाएका छन् ।

आज विहानै नेपालले खुमलटार पुगी प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार बालुवाटार पुगेर भेटवार्ता गरेको भोलिपल्टै उनले प्रचण्डसँग छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रचण्ड र नेपाल पछिल्लो समय निकै नजिक छन् । उनीहरुले दुईपटक ओलीको सत्ता ढाल्ने प्रयास समेत गरेका थिए । तर, सफल हुन सकेनन् ।

पूर्व एमालेलाई एकजुट बनाउन ओलीद्वारा नेपालसँग छलफल

ओलीसँगको मङ्गलबारको भेटमा माधव नेपाललाई मिलेन जाने प्रस्ताव समेत आएको थियो । पूर्व एमालेबीचको एकतामा ओलीले जोड दिएको खबरहरु आए । लगत्तै नेपालसँग प्रचण्डले यसबारे चासो राखेपछि दुई नेताको भेट भएको बुझिएको छ । भेटमा नेपालले आफू अडानको पक्का भएको र कुनै लालचमा फस्ने नेता नभएको जवाफ दिएको बुझिएको छ । तर, सहमतिको राजनीतिको पक्षमा आफू सदैव रहेको बताएको विश्वस्त स्रोतले बताएको छ ।

ओलीविरुद्ध आक्रामक बन्दै माधव नेपाल

प्रचण्ड र नेपालबीच ओलीको सत्ता ढाल्ने नयाँ डिजाइन बनेको विषय पनि बाहिर आइसकेका छन् । यो डिजाइनमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेको चर्चा छ । नेकपाभित्र ओलीमाथि चुनौती थपिएपछि नेताहरुको सक्रियता बढेको छ । ओलीले विगतमा प्रचण्ड र गौतमलाई बालुवाटार डाकेर छलफल गर्दै आएकामा यसपटक माधव नेपाललाई बोलाए ।

वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट

ओली अझै आक्रामक बनेपछि प्रचण्ड नयाँ रणनीति साथ प्रस्तुत हुँदै

हत्तपत्त बालुवाटार नपुग्ने नेपाल यसपटक पुगे । उनले आफ्नो कुरा प्रष्ट राखे । नेपालले प्रचण्डसँग पनि छलफल गरे । उनले यसबीच राजनीतिक भेटघाटहरु तिव्र पारेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ । उनको पछिल्लो सक्रियतालाई शक्ति वृद्धि र प्रधानमन्त्री बन्ने दाउका रुपमा हेरिएको छ । प्रचण्डले ओलीको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाएर बरु नेपाललाई साथ दिने सम्मको अवस्था बनेको बुझिएको छ । त्यसका लागि नेपालले साहस देखाउन खोजेका छन् । यही भेउ पाएर ओलीले नेपालसँग राजनीतिक लेनदेन गर्न खोजेका छन् ।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन



प्रतिक्रिया दिनुहोस्

Screenshot