Logo

म्याराडोना कोरोना संक्रमित भई अस्पतालमा



एजेन्सी, १८ कात्तिक । डियगो म्याराडोना अस्पताल भर्ना भएका छन् । पूर्व स्टार फुटबल खेलाडी म्याराडोना सोमबार अस्पताल भर्ना भएको उनका डाक्टरले पुष्टि गरेका छन् ।

शुक्रबार ६० वर्ष पुगेका म्याराडोना ला प्लाटा शहरको क्लिनिकमा भर्ना भएका हुन् । म्याराडोना कोभिड १९ को संक्रमित भई स्वास प्रस्वासमा समस्याका कारण अस्पताल भर्ना भएको जनाइएको छ ।

म्याराडोना एक रात अस्पतालमा बस्नेछन् । त्यहाँ उनको नियमित चेकजाँच हुने जनाइएको छ । उनी कति दिन अस्पताल बस्नेछन् स्पष्ट पारिएको छैन ।



प्रतिक्रिया दिनुहोस्