Logo

छुट्टाछुट्टै स्थानबाट २२ जना जुवाडे पक्राउ



काठमाडौं , १९ कात्तिक । छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । नवलपरासीको कावासोती नगरपालिका–३ माने चोक बस्ने ४३ बर्षीय थाम बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९२ हजार ७ सय ३५ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

यस्तै, सर्लाहीको बरहथवा नगरपालिका–६ बस्ने ४८ वर्षीय शम्भु सिंहको घरमा तास खेलिरहेको अवस्थामा शम्भु सिंह लगायत ६ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९ सय ९५ रुपैयाँ, ५ हजार २ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको बताएको छ ।
यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम बस्ने निर्मला शाहीको घरमा तास खेलिरहेको अवस्थामा निर्मला लगायत ७ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५६ हजार ६ सय १० रुपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot