Logo

ब्रुने पेनाल्टीमा चुक्दा सिटी लिभरपुलसँग बराबरीमा रोकियो



एजेन्सी, २४ कात्तिक । केभिन डि ब्रुने चार वर्षपछि पेनाल्टीमा गोल गर्न चुक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा ब्रुनेको पेनाल्टी सुट बाहिरिएको थियो ।

प्रिमियर लिगको निकै महत्वपूर्ण खेलमा दुवै टोली १-१ को बराबरी खेले । सलाहले १३ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ग्राबियल जेससले ३१ औं मिनेटमा गोल गरेर बराबरी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot