Logo

भुजुङ पर्यटकका लागि खुला



लमजुङ, मङ्सिर ६ गते । लमजुङको पर्यटकीय गाउँ भुजुङ आठ महिनापछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला भएको छ । क्व्होँलासोंथर गाउँपालिका–४ मा पर्ने भुजुङ गाउँ कोरोना भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी भएदेखि पर्यटकका लागि बन्द रहेको थियो ।

पर्यटक प्रवेशमा रोक लगाएको लामो समय भएको र यसले आर्थिक गतिविधि शून्य भएकाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै पर्यटकका लागि खुला गरिएको वडाध्यक्ष खिमबहादुर गुरुङले बताए।

वडाध्यक्ष गुरुङको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका सबै मापदण्डसहित आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो ।
पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार स्थानीयले अनिवार्य मास्क लगाउनुपर्ने छ ।

गाउँ प्रवेश गर्ने पर्यटकले वरपरको वातावरणलाई नकारात्मक असर पर्ने खालका क्रियाकलाप गर्न नपाइने र गरेको पाइएमा होमस्टे व्यवसायी जवाफदेही हुने निर्णय गरिएको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot