Logo

दैनिक सात लाखका दरले कोरोना संक्रमितको संख्या वृद्धि, २४ घन्टाभित्र १२ हजारको मृत्यु



काठमाडौं, ६ मंसिर । बितेको २४ घन्टाभित्र विश्वभर सात लाख कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ५ करोड ७९ लाख संक्रमित संख्या पुगेको छ । यसअघि हिजो ५ करोड ७२ लाख कोरोना संक्रमित संख्या थियो ।

बितेको २४ घन्टाभित्र १२ हजारको संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार १३ लाख ७७ हजार ७ सय ४५ को मृत्यु भएको छ । विश्वभर ४ करोड एक लाख कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । एक करोड ६४ लाख सक्रिय संक्रमित छन् ।

अमेरिकामा संक्रमित र मृतकको संख्या ह्वात्तै बढेको छ । अमेरिकामा एक करोड २२ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६० हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९० लाख संक्रमितमध्ये एक लाख ३२ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६८ हजारको मृत्यु भएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख संक्रमित संख्यामध्ये ४८ हजारको मृत्यु भइसकेको छ । त्यहाँ लकडाउन छ ।

रुसमा २० संक्रमितमध्ये ३५ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ८९ हजार संक्रमितमध्ये ४२ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १४ लाख कोरोना संक्रमितमध्ये ५४ हजारको मृत्यु भएको छ । इटालीमा १३ लाख संक्रमितमध्ये ४८ हजारको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख ३५ हजार ३ सय ५१ जना कोरोना संक्रमितमध्ये १२ सय ९८ को मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot