Logo

टोटनहामसँग म्यानचेस्टर सिटी स्तब्ध, शिर्ष स्थानमा उक्लियो



काठमाडौं, ७ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहाम हटस्परले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको महत्वपूर्ण खेलमा टोटनहामले २० गोलले स्तबन्ध पारेको हो ।

कोरियाली स्टार सन हुङ मिनले पाचौं मिनेटमा गरेको गोलले टोटनहामले अग्रता लिएको थियो । खेलमा अधिकांश समय बल कब्जा गरेपनि सिटीले गोलको सुनौला अवसरहरु गुमाएको थियो ।

टोटनहामका लो केल्सोले ६५ औं मिनेटमा गोल गरेर टोलीको जीत सुनिश्चित पारे । जीतसँगै टोटनहाम पहिलोपटक शिर्ष स्थानमा उक्लिएको छ । तर, जोसे मोरिन्होले लिग जित्ने दाबी गरेनन् । उनले टोली निरन्तर खेलिरहने मात्र भने ।

हारपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो जागिर धरापमा परेको सुनाए । उनलाई हालैमात्र सिटीले २०२३ सम्मका लागि प्रशिक्षक रहनेगरी सम्झौता गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot