Logo

अजय देवगन बिना सिंघम ३ बन्ला त ?



एजेन्सी, ९ मंसिर । बलिउड चर्चित अभिनेता अजय देवगनलाई लिएर रोहित शेट्टीले २०११ मा सिंघम नामको फिल्म बनाएका थिए । जुन फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । आज पनि मानिसहरुले सिंघमको रुपमा अजयलाई नै सम्झन्छन् । सिंघमको सफलता पछि रोहित शेट्टीले सिंघम रिर्टन्स नामबाट अर्को पनि फिल्म बनाए ।

सिंघम रिर्टन्समा सिंघमको जस्तो कथा थिएन्, यद्यपि फिल्म सुपरहिट भयो र बक्स अफिसमा सिंघमको भन्दा धेरै कलेक्सन गर्न सफल भयो । हाल आएर फेरी रोहित शेट्टीले सिंघम ३ फिल्म बनाउन लागेको समाचार बाहिर आएको छ । सिंघमको रुपमा अजय फिल्म ‘सिम्बा’मा सानो रोलमा देखिने छन् । सुत्रका अनुसार, सिंघम ३ शेट्टीले दमदार स्क्रिप्ट भेटेमा निर्माण गर्ने सोचमा छन् । सिंघम रिर्टन्सले जमेर बिजनेस गरेपनि दर्शकको अपेक्षा अनुसार थिएन् ।

हाल सिम्बा प्रहरीको भुमिकालाई लिएर निर्माण भएको फिल्म हो । जसमा रणवीर सिंह देखिएका छन् । उनले अक्षय कुमारलाई लिएर सुर्यवंशी पनि बनाएको छन्, जुन रिलिजको पर्खाइमा छ । सिंघमपछि २ प्रहरीको भुमिकामा सिम्बा र सुर्यवंशी बनिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot