Logo

घरायसी विवादमा काकाको हत्या, भजिता पक्राउ



महोत्तरी, १२ मंसिर । आफ्नै काकाको हत्या गरेको अभियोगमा भतिजालाई प्रहरीले पक्राउ गरेको छ । काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा उनका भतिजा मनराशिश्वा नगरपालिका–१ मनराका बिनोद मण्डल बिहीबार साँझ पक्राउ परेका हुन् ।

घरायसी वादविवादको कारण बिनोदले खेलाउनलाई कुटपिट गरी गम्भीर घाइते बनाएकोमा स्वास्थ्य चौकी मनरामा सामान्य उपचार पश्चात घरमा आई बसेको अवस्थामा उनको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot